फरार कैदीबन्दीलाई असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह
- १३ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौं – चितवन कारागार कार्यालयले फरार कैदीबन्दीलाई असोज २० भित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले जारी गरेको सूचनामा तोकिएको म्यादसम्म नआए कारागार ऐन २०७९ तथा प्रचलित कानुनअनुसार कारबाही हुने उल्लेख छ ।
साथै, फरार कैदीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानूनी रूपमा कसुरदार मानी कारबाही गरिने चेतावनी दिइएको छ ।
कारागारले प्रहरीलाई सहयोग गर्न आग्रह गर्दै फरार कैदीबन्दी कतै भेटिए तत्काल नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन आग्रह गरेको छ ।
गत भदौ २५ गते कारागारबाट ७४२ जना कैदीबन्दी फरार भएका थिए । जसमध्ये ५६१ जना कारागारको सम्पर्कमा आइसकेका छन् । अन्य जिल्लामा रहेका कारागारमा ८ जना पुगेका छन् भने विभिन्न स्थानबाट भागेका १७ जना फेरि चितवन कारागारमा फर्किएका छन् ।