२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

कारागारबाट भागेका कैदीलाई असोज २० गतेसम्म फर्किने मौका

कारागारबाट भागेका कैदीलाई असोज २० गतेसम्म फर्किने मौका

काठमाडौं – गत भदौ २४ गते जलेश्वर कारागारबाट फरार भएका कैदीबन्दीलाई असोज २० गतेसम्म स्वेच्छाले फर्किने मौका दिइएको छ।

कारागार कार्यालय जलेश्वरले सार्वजनिक गरेको सूचनामा तोकेको म्यादभित्र नफर्किने कैदीमाथि कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

जेलर अशोक क्षेत्रीका अनुसार, फरार कैदीलाई लुकाउने वा आश्रय दिने व्यक्ति पनि कानुनअनुसार कसुरदार ठहरिनेछन्।

भदौ २४ गतेको घटनामा ४० भारतीयसहित ५७६ जना कैदी कारागारबाट भागेका थिए। तीमध्ये हालसम्म २६२ जना फिर्ता भइसकेका छन्।