२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

काठमाडौँगत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ३ हजारले बढेको छ भने चाँदीको मूल्य पनि ४० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु २,३५,००० मा कारोबार भएको एक तोला सुन आज रु २,३८,००० मा पुगेको छ। चाँदीको मूल्य पनि एक तोला रु ३,०८५ बाट रु ३,१२५ मा बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४,०१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।