२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

मदुरोको अमेरिका समक्ष स्पष्ट अनुरोध: कृपया, पागल युद्ध नगर्नुहोस्

मदुरोको अमेरिका समक्ष स्पष्ट अनुरोध: कृपया, पागल युद्ध नगर्नुहोस्

न्युयोर्क – भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिका समक्ष अङ्ग्रेजीमा सिधा अपिल गर्दै भने, “कृपया, पागल युद्ध नगर्नुहोस्।”

यो अपिल त्यतिखेर आयो जब सार्वजनिक भयो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी देशविरुद्ध गोप्य कारबाही अनुमति दिएर क्षेत्रमै सैन्य उपस्थिति बढाएको खुलासा भएको छ। मदुरोले भने, उनीहरू शान्ति चाहन्छन् र कुनै अनावश्यक युद्ध नहोस्।

मदुरोले अमेरिकामाथि आफ्नो शासन परिवर्तनको प्रयास भइरहेको आरोप पनि लगाएका छन्। उनी भन्छन्, “हामीलाई थाहा छ CIA यहाँ सक्रिय छ र गोप्य अपरेसनमा संलग्न छ, तर ती सबै असफल हुनेछन्।”

यसबीच, अमेरिकी कार्रवाईले क्यारिबियन क्षेत्रमा तनाव बढाएको र केही सशस्त्र घटनामा कम्तीमा ३७ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय स्रोतहरूले बताएका छन्। भेनेजुएलाका रक्षा अधिकारीले अमेरिकी सैन्य तैनाथीबिरुद्ध प्रतिक्रिया स्वरूप आफ्ना तटरक्षण अभ्यास तेज पार्दै आएका छन्।

त्रिनिडाड एन्ड टोबागोमा पनि एक अमेरिकी युद्धपोतको आगमन र संयुक्त अभ्यास तय भएको छ। त्यहाँका नागरिकहरू पनि उक्त आक्रमणमा मारिएको खबर आएको छ।

विशेषज्ञहरू चेतावनी दिँदै आएका छन् – बिना प्रमाणले अन्तर्राष्ट्रिय पानीमा घातक बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत हुन सक्छ र यसले क्षेत्रीय अस्थिरता बढाउन सक्छ।