६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

काठमाडौं – मनास्लु क्षेत्रमा एक विदेशी महिला पर्यटक पहिरोमा परेकी छन्। चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा आज दिउँसो चुमनुब्री–३ न्याक फेदी नजिकै खसेको पहिरोमा पुरिएकी हुन्।

उनीसँगै गएका गाइड रमेश भट्टका अनुसार दिउँसो करिब २ बजे भिरबाट झरेको ढुङ्गाले क्याटरिनालाई पुर्‍यो। “टाउको मात्रै देखिएको छ,” उनले भने, “उनीकी श्रीमती (क्याटरिना) पुरिएकी हुन्, तर उनका श्रीमान् र म भने सकुशल छौँ।”

घटनाको बेला त्यहाँ धेरै पर्यटकहरू थिए, तर लगातार पहिरो खसेको कारण उद्धार गर्न नसकिएको भट्टले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालका अनुसार घटनास्थल बस्तीबाट धेरै टाढा भएकाले उद्धारमा कठिनाइ भइरहेको छ। फिलिम चौकीबाट प्रहरी टोली पठाइसकिएको उनले बताए।