२२ साउन २०८३, शुक्रबार
7 August 2026, Friday

टर्कीमा म्याच फिक्सिङको आरोपमा १८ जना रेफ्री पक्राउ

टर्कीमा म्याच फिक्सिङको आरोपमा १८ जना रेफ्री पक्राउ

इस्तानबुल- टर्कीमा फुटबल खेलमा म्याच फिक्सिङ र सट्टेबाजी गरेको आरोपमा १८ जनालाई पक्राउ गरिएको छ।

इस्तानबुल अभियोजकको कार्यालयका अनुसार पहिलो डिभिजन क्लबका अध्यक्षसहित २१ जनामाथि पक्राउ पुर्जि जारी गरिएको थियो, जसमा १८ जना पक्राउ भइसकेका छन्। अनुसन्धान म्याच फिक्सिङ र शक्तिको दुरुपयोगमा केन्द्रित रहेको बताइएको छ।

यसअघि टर्की फुटबल महासङ्घले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा १४९ जना रेफ्रीलाई निलम्बन गरेको थियो। हालसम्मको अनुसन्धानले पहिलो डिभिजनका २२ जना रेफ्रीसहित १५२ जनामा म्याच फिक्सिङको संलग्नता देखाएको छ।