२ अशोज २०८३, शुक्रबार
18 September 2026, Friday

एनपीएल क्रिकेट : चार टोली मैदानमा

एनपीएल क्रिकेट : चार टोली मैदानमा

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुँदैछन्। बिहान ११: ४५ बजे चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् भने दिउँसो विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

चितवनको कप्तानी कुशल मल्लले गर्नेछन् भने कर्णालीलाई सोमपाल कामीले नेतृत्व गर्नेछन्। विराटनगरको कप्तान सन्दीप लामिछाने रहनेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले गर्नेछन्।

यसअघि सोमबार भएको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद सुरुआत गरेको थियो।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा सुरु भएको प्रतियोगिता मङ्सिर २७ मा सम्पन्न हुनेछ। विजेताले रु १ करोड १० लाख पुरस्कार पाउनेछ।