२ अशोज २०८३, शुक्रबार
18 September 2026, Friday

एनपीएल: सोमबार दुई खेल हुने

एनपीएल: सोमबार दुई खेल हुने

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा आइतबार खेल नभई विश्राम दिन राखिएको छ। नेपाल क्रिकेट सङ्घले सार्वजनिक गरेको तालिकाअनुसार सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुनेछन्।

पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४:०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।

हालसम्मको अंकतालिकामा दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अंकसहित तेस्रो स्थानमा छ भने पोखरा एभेन्जर्स दुई खेलमा पराजित हुँदै पुछारमा रहेको छ।

मङ्सिर १ गतेदेखि सुरु एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गरिरहेका छन्। फाइनल खेल मङ्सिर २७ गते हुनेछ।