८ असार २०८३, सोमवार
22 June 2026, Monday

एनपीएल सिजन–२ : कर्णालीमाथि काठमाडौंको सानदार जित

एनपीएल सिजन–२ : कर्णालीमाथि काठमाडौंको सानदार जित

काठमाडौं -कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै चौथो जित निकालेको छ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमै ५ विकेट गुमाएर पूरा गर्‍यो। जेरार्ड एरास्मस (४३ अविजित) र जोन सिम्पसोन (४१) बीचको ८६ रनको साझेदारीले जितको आधार तयार गर्‍यो।

यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो। गुल्सन झाले २२ बलमा अविजित ४९ रन बनाए भने पवन सर्राफले ३५ रन जोडे।

बलिङतर्फ काठमान्डुका रशिद खानले २ विकेट लिए भने करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक–एक विकेट हात पारे।