६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

हराउँदै परम्परागत पञ्चेबाजा : मौलिक संस्कृतिको चिन्ता

हराउँदै परम्परागत पञ्चेबाजा : मौलिक संस्कृतिको चिन्ता

काठमाडौं – भोजपुरमा परम्परागत पञ्चेबाजा बजाउने चलन हराउँदै गएको छ। आधुनिक बाजा, विशेषगरी डिजे संगीतको लोकप्रियताले विवाह, व्रतबन्ध र सांस्कृतिक कार्यक्रममा पञ्चेबाजाको प्रयोग घटेको स्थानीयको भनाइ छ।

पञ्चेबाजामा नरसिंहा, दमाहा, सनाई, टेम्पुलो र झ्याम्टा गरी पाँच वाद्ययन्त्र प्रयोग हुन्छन्। तर अहिले गाउँघरमा यी वाद्य बजाउने सीप भएका व्यक्तिहरू पाउन कठिन भएको बताइएको छ।

स्थानीय नीरबहादुर परियारले पहिले हरेक कार्यक्रममा पञ्चेबाजाको धुन गुन्जिने तर अहिले डिजेले स्थान ओगटेको बताए। बद्रीप्रसाद अधिकारीले पञ्चेबाजा सीमित जाति समुदायमा मात्र केन्द्रित हुँदा संरक्षणको जोखिम बढेको उल्लेख गरे।