२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

एमाले अध्यक्षमा ओली दुई तिहाई मतसहित विजयी, गोकर्ण र योगेश बाहेक प्यानल विजयी

एमाले अध्यक्षमा ओली दुई तिहाई मतसहित विजयी, गोकर्ण र योगेश बाहेक प्यानल विजयी

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन्। उनले १६६३ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गरे। यसरी ओलीले दुई तिहाई मत ल्याएर तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्।

महासचिवमा ओली प्यानलका शंकर पोखरेल विजयी भए। उनले १२२८ मत पाए भने प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाए। उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भए।

उपाध्यक्षमा पाँच जनाको टोली बनेको छ—पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्ण विष्ट र रघुजी पन्त।

सचिव पदमा ओली प्यानलका नौ जनाले विजय पाए। सर्वाधिक मत ल्याउने महेश बस्नेतसहित पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल सचिवमा निर्वाचित भए।