न्यूयोर्कमा ‘ब्लड डोनर्स अफ अमेरिका’को नयाँ च्याप्टर गठन: श्रीकृष्ण आचार्यको नेतृत्वमा समिति विस्तार
- ०५ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- नेपाली समुदायमा रक्तदानको महत्त्व बुझाउन र रगतको आवश्यकता पर्दा सहयोग पुर्याउने उद्देश्यले ‘ब्लड डोनर्स अफ अमेरिका’को न्यूयोर्क च्याप्टर गठन गरिएको छ। जनवरी ११, २०२६ मा न्यूयोर्कमा आयोजित एक भेलाले श्रीकृष्ण आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। संस्थाको केन्द्रीय नेतृत्वको उपस्थितिमा भएको उक्त कार्यक्रमले अमेरिकामा रहेका नेपाली रक्तदाताहरूलाई एउटै सञ्जालमा जोड्ने लक्ष्य राखेको छ।

नयाँ समितिको कार्यकारी उपाध्यक्षमा बेगम पण्डित, महासचिवमा रश्मी श्रेष्ठ र कोषाध्यक्षमा कमला श्रेष्ठ लगायत अन्य पदाधिकारीहरू चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष आचार्यले न्यूयोर्क क्षेत्रका अस्पताल र रक्त बैंकहरूसँग सहकार्य गर्दै बिरामीहरूलाई समयमै रगत उपलब्ध गराउन संस्थाले प्रभावकारी भूमिका खेल्ने बताए। कार्यक्रममा वक्ताहरूले नेपाली डायस्पोराभित्र मानवीय सेवा र एकताको भावना जगाउन यस्ता सामाजिक पहलहरू कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन्। यो च्याप्टरको सक्रियतासँगै अब न्यूयोर्कमा रहेका नेपालीहरूले आपतकालीन अवस्थामा रगतको खोजीका लागि एउटा भरपर्दो प्लेटफर्म पाउनेछन्।

बेगम पण्डित, न्युयोर्क