६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

लन्डनमा मोटरसाइकल दुर्घटनामा एक नेपाली मृत्यु

लन्डनमा मोटरसाइकल दुर्घटनामा एक नेपाली मृत्यु

लन्डन- बेलायतको लन्डनमा बस्ने नेपाली समुदायका लागि एउटा निकै दुखद खबर आएको छ। त्यहाँ कर्मथलो बनाएर बसिरहेका एक नेपाली युवाको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ।

मृत्यु हुनेमा ४० वर्षीय रोशन अधिकारी छन्। घटना बुधबार बिहान करिब ८ बजेतिर भएको हो। लन्डनको व्यस्त हिथ्रो विमानस्थलको ‘टर्मिनल-४’ नजिकै पर्ने ‘साउदर्न पेरिमिटर रोड’ मा रोशनले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको ब्यारिएर (बार) मा ठोक्किन पुगेको थियो। दुर्घटना लगत्तै एम्बुलेन्स र मेडिकल टोली त्यहाँ पुगेर उनलाई बचाउने कोसिस गरेका थिए, तर चोट गम्भीर भएकाले उनलाई घटनास्थलमै मृत घोषणा गरियो।

काठमाडौँको कलंकी घर भएका रोशन विगत १२ वर्षदेखि बेलायतमा बस्दै आएका थिए। लन्डनको फेल्थाममा बस्ने उनका श्रीमती, एक छोरा र दुई छोरी छन्। बिचरा, उनका वृद्ध बुबाआमा भने नेपालमै छन्। यो घटनाले उनको परिवारमा ठुलो बज्रपात परेको छ। पारिवारिक स्रोतका अनुसार, उनको अन्त्येष्टि यही फेब्रुअरी १६ मा फेल्थाममै गरिने तयारी छ।