२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

बालेन शाह प्रधानमन्त्री बन्ने निश्चित, शुक्रबार शपथ लिने तयारी

बालेन शाह प्रधानमन्त्री बन्ने निश्चित, शुक्रबार शपथ लिने तयारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई देशको नयाँ प्रधानमन्त्री बन्ने बाटो औपचारिक रूपमा खुलेको छ। रास्वपा केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेसँगै उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो।

पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई दलको नेता चुनिएको प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा सभापति लामिछानेले शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे। हालै सम्पन्न निर्वाचनमा रास्वपाले प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त गरेकाले संविधानको धारा ७६ (१) बमोजिम शाहलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्।

नयाँ प्रधानमन्त्रीका रूपमा बालेन शाहले आगामी शुक्रबार अपराह्न पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। उनले वैदिक-सनातन परम्पराअनुसार शपथ ग्रहण गर्ने र लगत्तै प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार सम्हाल्ने तयारी छ। रास्वपाले ऐतिहासिक सफलता पाएपछि बालेनलाई सरकारको नेतृत्व सुम्पिने निर्णय गरेको हो।