६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

एमालेमाथि चारैतिरबाट प्रहार भयो: केपी ओली

एमालेमाथि चारैतिरबाट प्रहार भयो: केपी ओली

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि चौतर्फी प्रहार भइरहेको टिप्पणी गरेका छन्। पार्टी कार्यालयमा बिहीबार आयोजित एक छलफलका क्रममा उनले एमालेले देश र जनताको पक्षमा राम्रो काम गरेकै कारण प्रहारको निसाना बनेको बताए।

अध्यक्ष ओलीले एमाले सरकारमा रहँदा विकासको असाधारण लहर ल्याएको र देशका खनिज पदार्थहरूको उत्खननमा दृढतापूर्वक अगाडि बढेकाले विपक्षीहरू अत्तालिएको दाबी गरे। “हामीले राम्रा काम गरेकै हुनाले हामीमाथि सम्पूर्ण प्रकारले प्रहार भयो,” उनले भने।

उनले यो प्रहार राजनीतिक वा तथ्यमा आधारित नभएको जिकिर गरे। एमालेमाथि असभ्य, अपशब्द र भ्रमपूर्ण ढङ्गले अश्लील प्रहार गरिएको उनको भनाइ थियो। सत्यलाई दबाउन र जनतामा भ्रम छर्नका लागि सुनियोजित रूपमा एमालेको विरोध भइरहेको उनले टिप्पणी गरे।