६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

प्रधानमन्त्री बालेन शाह सरकारी निवास बालुवाटार सरे

प्रधानमन्त्री बालेन शाह सरकारी निवास बालुवाटार सरे

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन्। शुक्रबार अपराह्न राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनी परिवारसहित बालुवाटार सरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताका रूपमा देशको ४३औँ प्रधानमन्त्री नियुक्त भएका शाहलाई बालुवाटारमा भव्य स्वागत गरिएको छ। काठमाडौँको मेयर हुँदा पनि आफ्नै घरबाट कार्यसम्पादन गर्दै आएका शाह प्रधानमन्त्री बनेपछि भने सुरक्षा र कार्यव्यस्तताका कारण सरकारी निवास सरेका हुन्।

शपथ ग्रहणलगत्तै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका शाह साँझ मात्र बालुवाटार प्रवेश गरेका थिए। अबका केही दिनमा उनले मन्त्रिपरिषद्का अन्य सदस्यहरूसँग छलफल गरी सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम तय गर्ने बताइएको छ।