२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

मध्यपूर्वबाट नेपालीको उद्धार गर्न आजदेखि विशेष उडान

मध्यपूर्वबाट नेपालीको उद्धार गर्न आजदेखि विशेष उडान

काठमाडौं- सरकारले मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न आज (शुक्रबार) देखि विशेष उडान सुरु गरेको छ। त्यहाँको सुरक्षा अवस्थालाई हेरेर नेपाल फर्कन चाहने नागरिकका लागि तीन दिन उडान सञ्चालन गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले शुक्रबार काठमाडौं–दुबई, शनिबार दुबई–काठमाडौं र आइतबार काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान हुने बताए। पहिले नै टिकट बुक गरेका र नेपाल आउन चाहनेहरूलाई यी उडानबाट स्वदेश ल्याइनेछ।

यस्तै, दूतावासको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडामै टिकट दिन अनुरोध गरिएको क्षेत्रीले जानकारी दिए। यसअघि अप्रिल १ मा कुवेत एयरवेजमार्फत २१ जना नेपाली र ९ वटा शव भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको उनले बताए।