६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

पश्चिम एसियाको तनाव: तत्काल धेरै नेपालीको रोजगारी नगुम्ने, सबै सुरक्षित

पश्चिम एसियाको तनाव: तत्काल धेरै नेपालीको रोजगारी नगुम्ने, सबै सुरक्षित

परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा चलिरहेको युद्धका कारण तत्काल धेरै नेपालीको रोजगारी नगुम्ने बताएको छ। शुक्रबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले तत्काल ठूलो संख्यामा रोजगारी नगुमे पनि होटल र निर्माण क्षेत्रमा भने केही असर पर्न सक्ने बताए। पश्चिम एसियामा युद्ध दोस्रो महिनामा पुगेको र अहिले तनाव कम गर्ने प्रयास भइरहेको उनले जानकारी दिए।

प्रवक्ता क्षेत्रीका अनुसार यो युद्धमा परेर अहिलेसम्म एक जना नेपालीको ज्यान गएको छ भने २१ जना घाइते भएका छन्। घाइतेहरू उपचारपछि निको भइसकेको र त्यहाँ रहेका अरू सबै नेपाली सुरक्षित रहेको उनले बताए।