२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

प्रधानमन्त्री बालेन्द्र साह र विदेशी राजदूतहरूबीच सामूहिक छलफल

प्रधानमन्त्री बालेन्द्र साह र विदेशी राजदूतहरूबीच सामूहिक छलफल

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र साहले विदेशी राजदूतहरूसँग सामूहिक छलफल गरेका छन्। आफ्नो नेतृत्वमा नयाँ सरकार बनेपछि उनले पहिलो पटक राजदूतहरूसँग एकमुष्ट भेटेका हुन्।

मध्याह्न सिंहदरबारमा भएको उक्त छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी थिए। देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन यो छलफल राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

छलफलमा सहभागी राजदूतहरूले नयाँ सरकारको काम गर्ने दिशा र प्राथमिकताका विषयमा चासो राखेका थिए। त्यसको जवाफमा प्रधानमन्त्री साहले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए।