२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

नातावाद र चाकरी अन्त्य गर्न सांसद महावीर पुनको माग

नातावाद र चाकरी अन्त्य गर्न सांसद महावीर पुनको माग

काठमाडौं- सांसद महावीर पुनले देशमा रहेको नातावाद, कृपावाद र चाकरीले शासन प्रणाली कमजोर बनाएको भन्दै यस्तो विकृति अन्त्य गर्न सरकार र राजनीतिक दललाई आग्रह गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपाल एकीकरणको समयदेखि नै यस्तो प्रवृत्ति सुरु भएको बताउँदै उनले अब मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त गर्ने काम पूर्ण रूपमा बन्द गर्नुपर्नेमा जोड दिए।

फरक प्रसंगमा बोल्दै उनले गुम्ली जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए पनि हालसम्म कुनै सुविधा नपाएको बताए। उनले हिमाली जिल्लाले पाउनुपर्ने सबै आधारभूत सेवा र सुविधा तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।