जेनजी सम्झौता पालना गर्न सांसद खरेलको माग, रवि लामिछानेलाई भने ‘राजनीति बदल्ने नायक’
- २५ चैत्र २०८२
- १ मिनेटको पढाई
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले सरकारलाई ‘जेनजी सम्झौता’ पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा पहिलो पटक बोल्दै उनले १० बुँदे सम्झौता दायाँबायाँ भए आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिए। सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनसँग गरेको सम्झौता जस्ताको तस्तै लागू हुनुपर्ने उनको माग थियो।
संसदमा पुराना अनुहार हटेर नयाँ युवा आउनुलाई उनले वसन्तको बहारसँग तुलना गरे। नयाँ पुस्ताले जनतालाई राम्रो प्रतिफल दिने विश्वास व्यक्त गर्दै उनले अहिले राजनीतिको परिभाषा नै फेरिएको बताए। राजनीति र नेतृत्वको परिभाषा बदल्ने नायकका रूपमा उनले रवि लामिछानेको प्रशंसा गरे। अबको राजनीति त्यही नयाँ बाटोमा अगाडि बढ्ने उनको भनाइ थियो।