उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर निर्वाचित
- २७ चैत्र २०८२
- १ मिनेटको पढाई
काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन्।
शुक्रबार संसद्मा भएको मतदानमा उनको पक्षमा २२९ मत पर्यो। उनको विपक्षमा ५ मत मात्र खस्यो भने २२ जना सांसद तटस्थ बसे अर्थात् उनीहरूले मत दिएनन्। ठाकुरलाई रास्वपा, कांग्रेस, नेकपा र उनकै पार्टी श्रम संस्कृतिले मत दिए। एमाले तटस्थ बस्यो भने राप्रपाले विपक्षमा भोट हाल्यो।
यसअघि राप्रपाकी सांसद सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव भने बहुमतले अस्वीकृत भएको थियो। लामाको पक्षमा राप्रपाका ५ जना सांसदले मात्र भोट दिए। उनको विपक्षमा २१५ मत पर्यो भने ३७ जना सांसद तटस्थ बसे। लामाको विपक्षमा कांग्रेस र श्रम संस्कृति पार्टीले भोट हालेका थिए भने एमाले र नेकपा तटस्थ बसेका थिए।