टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन
- ०३ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- प्रधानमन्त्री बालेन शाह ‘टाइम म्यागेजिन’को विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। बुधबार सार्वजनिक भएको सूचीमा उनी अटाएका हुन्।
युवा आन्दोलनको बलमा पुराना नेताहरूलाई विस्थापित गर्दै युवा प्रधानमन्त्री बन्न सफल भएको भन्दै म्यागेजिनले उनलाई यो सूचीमा राखेको बताएको छ। काठमाडौं महानगरपालिकाको मेयरदेखि तीन करोड नेपालीको नेतृत्व गर्ने ठाउँमा उनी पुगेको कुरा म्यागेजिनमा उल्लेख छ।
म्यागेजिनले बालेनको एउटा पुरानो सामाजिक सञ्जालको पोस्टलाई पनि समेटेको छ। जसमा बालेनले “पुराना र नयाँ सबै नेता चोर हुन्” भनेर लेखेका थिए। नेपालीहरू अहिले बालेनले आफ्नो यो भनाइलाई गलत साबित गर्ने प्रतीक्षामा रहेको म्यागेजिनले लेखेको छ।
टाइम म्यागेजिनले हरेक वर्ष विभिन्न क्षेत्रका सय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्दै आएको छ।