अमेरिका-इरान युद्धविराम लम्बिएको छैन, तर सम्झौताको आशा छ : ह्वाइट हाउस
- ०३ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिका र इरानबीचको युद्धविराम लम्बिएको भन्ने खबर अहिले सत्य नभएको बताएकी छन्। बुधबारको पत्रकार सम्मेलनमा उनले जारी वार्ताबाट युद्ध अन्त्य गर्ने सम्झौता हुनेमा ट्रम्प प्रशासन आशावादी रहेको बताइन्।
सम्भावित वार्ता कहाँ हुन्छ भन्ने प्रश्नमा लेभिटले आगामी वार्ता पनि पाकिस्तानमै हुने सम्भावना धेरै रहेको बताइन्। यसअघि गत साता रोकिएको वार्ता पनि पाकिस्तानी राजधानी इस्लामाबादमै भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अमेरिका र इरानबीचको नयाँ वार्ता आगामी दुई दिनभित्र पाकिस्तानमा हुन सक्ने बताएका थिए। समयसीमा नतोके पनि ट्रम्पले बुधबार अमेरिका र इरानबीचको युद्ध अन्त्यको धेरै नजिक पुगेको टिप्पणी गरेका थिए।
हाल जारी दुई हप्ते युद्धविराम आगामी साता सकिँदैछ।