२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

इरानी सेनाको कब्जाबाट नेपाली युवा अमृत झा रिहा

इरानी सेनाको कब्जाबाट नेपाली युवा अमृत झा रिहा

काठमाडौं- इरानी सेनाको कब्जामा परेका नेपाली युवा अमृत झा रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले इरानले बिहीबार बेलुका उनलाई रिहा गरेको जानकारी दिए।

मन्त्री खनालका अनुसार अमृत अहिले नेपाली अधिकारीहरूको सम्पर्कमा छन्। उनको अवस्थाबारे कतारमा रहेको नेपाली दूतावासको टोलीले इरानमा निरन्तर समन्वय गरिरहेको छ।

अमृत दुबईको एउटा पानी जहाज कम्पनीमा काम गर्थे। सोही क्रममा केही समयअघि उनलाई इरानी सेनाले नियन्त्रणमा लिएको थियो। अहिले उनी सुरक्षित रहेको र दूतावासको टोली उनीसँग निरन्तर सम्पर्कमा रहेको मन्त्री खनालले बताए।