२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अमेरिकी सहायक विदेशमन्त्री पल कपुर काठमाडौंमा, मन्त्रीहरूलाई भेट्दै

अमेरिकी सहायक विदेशमन्त्री पल कपुर काठमाडौंमा, मन्त्रीहरूलाई भेट्दै

काठमाडौं- दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पल कपुर तीन दिने नेपाल भ्रमणका लागि सोमबार बिहान काठमाडौं आइपुगेका छन्।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाल र अमेरिकाको सम्बन्धलाई अझ बलियो बनाउन उनले यहाँका सरकारी अधिकारी, व्यापारी र सांस्कृतिक क्षेत्रका विज्ञहरूसँग भेटघाट गर्नेछन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा नयाँ सरकार बनेपछि नेपाल आउने उनी पहिलो उच्चस्तरीय विदेशी कूटनीतिज्ञ हुन्।

उनले मंगलबार बिहान साढे ९ बजे परराष्ट्रमन्त्री शिशिर खनाललाई र साढे १० बजे अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उनीहरूकै मन्त्रालयमा पुगेर भेट्ने कार्यक्रम छ। नेपाल बसाइको क्रममा उनले पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्।