कानुन मन्त्री गौतम र कोरियाली राजदूतबीच भेट, न्याय क्षेत्रमा सहकार्य गर्ने छलफल
- १० बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते-योङबीच शिष्टाचार भेटघाट भएको छ। भेटका क्रममा राजदूत पार्कले नवनियुक्त मन्त्री गौतमलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना दिए।
उनीहरूबीच न्यायमा सबैको पहुँच सजिलो बनाउन प्रविधिको प्रयोग बढाउने विषयमा कुराकानी भयो। कानुन मन्त्रालय र कोरियाबीच भइरहेको साझेदारीलाई निरन्तरता दिँदै विधिको शासन र सुशासन बलियो बनाउन मिलेर काम गर्ने उनीहरूले बताएका छन्।
सो अवसरमा मन्त्री गौतमले कोरियाली सरकारलाई आवश्यक पर्ने कुनै पनि विषयमा छलफल गर्न नेपाल सधैँ खुला रहेको सन्देश पनि दिइन्।