संसद् अधिवेशन रोकेर सरकारले ल्यायो दुई अध्यादेश
- १५ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- सरकारले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् र सहकारी सम्बन्धी दुईवटा अध्यादेश ल्याउने निर्णय गर्यो।
सरकारले संसद् अधिवेशन बोलाएको भोलिपल्टै त्यसलाई स्थगित गरेर अध्यादेशको बाटो रोजेको हो। संसद् चलिरहेको बेला अध्यादेश ल्याउन पाइँदैन।
वैशाख ८ गते मन्त्रिपरिषद्ले अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो। त्यसै अनुसार वैशाख ९ गते राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बोलाए। तर, सरकारले वैशाख १० गते नै विशेष कारण देखाउँदै अधिवेशन रोक्ने सिफारिस गर्यो र लगत्तै संसद् अधिवेशन स्थगित भयो।