२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

न्युयोर्कमा नेपाली समुदायद्वारा पार्क सरसफाइ

न्युयोर्कमा नेपाली समुदायद्वारा पार्क सरसफाइ

न्युयोर्क-न्युयोर्कमा रहेको नेपाली संस्था ‘हामी नेपाली इन्टरनेसनल’ले पार्क सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। मे २ तारिख बिहान इस्ट एल्महर्स्टमा रहेको गोरमन प्लेग्राउन्डमा सरसफाइ गरिएको हो।

संस्थाको यो पहिलो सरसफाइ अभियान बिहान ९ बजेदेखि ११ बजेसम्म चलेको थियो। स्थानीय पार्कलाई सफा र हरियाली राख्ने तथा वातावरण संरक्षणबारे समुदायमा जनचेतना फैलाउने उद्देश्यले यो अभियान चलाइएको आयोजकले जनाएको छ।

कार्यक्रममा विभिन्न समुदायका स्वयंसेवकहरू सहभागी थिए। संस्थाका अध्यक्ष नवराज केसीले धेरै मानिसलाई एकै ठाउँमा ल्याएर सामूहिक रूपमा सरसफाइ गरिएको बताए। उनले समुदायको सेवा र वातावरण संरक्षणमा हातेमालो गर्न सबैलाई आग्रह पनि गरे।

अभियानमा ‘हाम्रा पार्क सफा र हरियाली राखौँ’ तथा ‘प्रकृति जोगाऔँ, भविष्य बचाऔँ’ जस्ता सन्देशसहित वातावरण संरक्षणमा जुट्न आह्वान गरिएको थियो।