२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

विद्युतीय हाजिरीका लागि सांसदहरूको बायोमेट्रिक संकलन सुरु

विद्युतीय हाजिरीका लागि सांसदहरूको बायोमेट्रिक संकलन सुरु

काठमाडौं- संघीय संसद् सचिवालयले सांसदहरूको बायोमेट्रिक विवरण संकलन गर्न थालेको छ। संसद् र समितिका बैठकहरूमा विद्युतीय मेसिनबाट हाजिरी गराउन यो काम सुरु गरिएको हो।

यसअघि बैठकहरूमा कागजमै हस्ताक्षर गरेर हाजिरी गर्ने चलन थियो। तर अब भने त्यसलाई हटाएर विद्युतीय हाजिरी प्रणाली सुरु गरिने सचिवालयले जनाएको छ।

बायोमेट्रिक विवरण लिँदा सांसदहरूको औपचारिक तस्बिर पनि खिचिनेछ। त्यसैले सबै सांसदलाई औपचारिक पोसाकमा संसद्को लोगो लगाएर उपस्थित हुन सचिवालयले भनेको छ। सांसदहरूको यो विवरण लिने काम वैशाख २८ गतेसम्म चल्नेछ।