संसदमा महत्वपूर्ण विधेयक विचाराधीन, ६० दिनभित्र अध्यादेश पारित गर्नुपर्ने बाध्यता
- २४ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- संसदको पहिलो बैठकमा पेस हुने अध्यादेशहरूलाई ६० दिनभित्र कानुन बनाइसक्नुपर्ने संवैधानिक नियम छ। तोकिएको समयभित्र प्रतिस्थापन विधेयक पारित नभए अध्यादेशहरू आफैँ निष्क्रिय हुनेछन्।
संसद् सचिवालयका अनुसार अहिले प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट आएका तीनवटा र वैकल्पिक वित्त व्यवस्थापनसँग जोडिएको एउटा विधेयक विचाराधीन अवस्थामा छन्। त्यसैगरी, राष्ट्रिय सभामा अभौतिक सम्पदासँग सम्बन्धित विधेयक र विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू कार्यसूचीमा राखिएका छन्।
यसका साथै, प्रतिनिधि सभातर्फ नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि यो अधिवेशनको मुख्य कामको रूपमा रहेको सचिवालयका प्रवक्ता गिरीले बताए।