२२ जेष्ठ २०८३, शुक्रबार
5 June 2026, Friday

स्कटल्यान्डमाथि नेपाल ‘ए’को ह्याट्रिक जित, सन्दीप र इशान चम्किए

स्कटल्यान्डमाथि नेपाल ‘ए’को ह्याट्रिक जित, सन्दीप र इशान चम्किए

काठमाडौं- आइसीसी विश्वकप लिग–२ को तयारीका लागि भइरहेको अभ्यास खेलमा नेपाल ‘ए’ले लगातार तेस्रो जित निकालेको छ। शनिबार भएको खेलमा स्कटल्यान्डलाई ९ रनले हराउँदै नेपालले आफ्नो अपराजित यात्रा कायम राखेको हो।

टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर ३०२ रनको बलियो लक्ष्य दिएको थियो। जवाफमा नेपालले ३४.५ ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएपछि हावाहुरी र पानीले खेल रोकियो। त्यसपछि डिएलएस (DLS) पद्धति अनुसार नेपाल ९ रनले विजयी भयो।

नेपालका लागि सन्दीप जोरा र इशान पाण्डेले सानदार ब्याटिङ गरे। सन्दीप ८३ रनमा नटआउट रहे भने इशानले ५० रन बनाए। उनीहरूले शतकीय साझेदारी गरेर टोलीलाई जितको दिशामा अघि बढाएका थिए।

यसअघि नेपालले स्कटल्यान्डलाई पहिलो खेलमा ४५ रनले र अमेरिकालाई दोस्रो खेलमा ३ विकेटले हराएको थियो। अब नेपाल ‘ए’ले सोमबार अमेरिकासँग अन्तिम अभ्यास खेल खेल्नेछ। मंगलबारदेखि कीर्तिपुर मैदानमा सुरु हुने लिग–२ को मुख्य खेलअघि नेपाल ‘ए’का खेलाडीले उच्च प्रदर्शन गरेका छन्। यसले राष्ट्रिय टोली छनोटमा पनि सजिलो बनाउने देखिएको छ।