२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

‘हामी नेपाली इन्टरनेसनल’ले दियो अमेरिकन ‘मदर्स डे’ को शुभकामना

‘हामी नेपाली इन्टरनेसनल’ले दियो अमेरिकन ‘मदर्स डे’ को शुभकामना

न्यूयोर्क- अमेरिकामा रहेको ‘हामी नेपाली इन्टरनेसनल’ संस्थाले अमेरिकन आमाको मुख हेर्ने दिन अर्थात् ‘मदर्स डे’ को अवसरमा सम्पूर्ण आमाहरूलाई शुभकामना दिएको छ। सन् २०२६ मा न्यूयोर्कमा स्थापना भएको यो संस्थाले  एक शुभकामना  सार्वजनिक गर्दै आमाहरूको सम्मान गरेकाे छ।

अमेरिकामा हरेक वर्ष मे महिनाको दोस्रो आइतबारलाई ‘मदर्स डे’ को रूपमा मनाइन्छ। नेपालमा मनाइने मातातीर्थ औंसीभन्दा यो फरक हो। यहाँका मानिसहरू यस दिन आफ्नी आमालाई फूल, कार्ड र विभिन्न उपहार दिएर खुसी पार्छन्। धेरैजसोले आमालाई बाहिर रेस्टुरेन्टमा खाना खुवाउन वा घुमाउन लैजान्छन् र आमाप्रति माया र सम्मान दर्शाउँछन्।

यही अवसर पारेर ‘हामी नेपाली’ संस्थाले पनि संसारभरका आमाहरूलाई सम्झिएको छ। आमाहरू परिवारको मुटु र समाजको शक्ति भएको संस्थाले बताएकाे छ। संस्थाले आमाहरूको निस्वार्थ माया, हेरचाह र त्यागको कदर गर्दै उनीहरूप्रति सम्मान र धन्यवाद प्रकट गर्‍यो।