राष्ट्रपतिको सम्बोधन मस्यौदा सरकारद्वारा स्वीकृत, आज ४ बजे संसदमा सम्बोधन हुने
- २८ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले गर्ने सम्बोधनको मस्यौदा स्वीकृत गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले सोमबार दिउँसो ४ बजे राष्ट्रपतिले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताए। संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संसदको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ।
यही संवैधानिक व्यवस्थालाई टेकेर सरकारले राष्ट्रपतिको सम्बोधनको विषयवस्तुलाई औपचारिक रूपमा पास गरेको हो।