राष्ट्रियसभाबाट सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित
- ३१ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- राष्ट्रियसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।
छलफलमा उठेका प्रश्नको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएपछि यसलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्ताव प्रस्तुत गर्दा नेकपा एमालेले भने मतदानमा भाग लिएन। एमाले बाहेकका अन्य दलका सदस्यहरुको ध्वनि मतबाट नीति तथा कार्यक्रम पारित भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख २८ गते संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।