५ अशोज २०८३, सोमवार
21 September 2026, Monday

आरसीबी प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली

आरसीबी प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली

काठमाडौं : आइपीएल २०२६ मा पन्जाब किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) प्ले अफमा स्थान बनाउने पहिलो टोली बनेको छ। आइतबार भएको पहिलो खेलमा पन्जाब किंग्सलाई २३ रनले पराजित गर्दै आरसीबीले प्लेअफमा स्थान सुरक्षित गरेको हो।

दोस्रो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्‍यो। राजस्थान रोयल्सलाई पराजित गर्दा दिल्लीको प्ले अफ खेल्ने सम्भावना कायमै रहेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२२ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन मात्रै बनाउन सक्यो । यो खेलमा हार बेहोर्नुको मुख्य कारण पन्जाबको शीर्ष ४ ब्याटर चलेनन्।

दिल्लीको लिग चरणको अन्तिम खेल बाँकी छ।

आरसीबीसँग पराजित हुँदा पन्जाबको भने प्लेअफ सम्भावना अब निकै झिनो बाँकी रहेको छ। पञ्जाबले प्लेअफमा स्थान बनाउनका लागि अन्य टोलीको नतिजामा भर पर्नु अवस्था भएको छ। हालसम्म शीर्ष ४ मा रहेको पन्जाबको अब लिगको अन्तिम खेल मात्रै बाँकी छ।‌

आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले हरायो। अरुण जेट्ली क्रिकेट स्टेडियम दिल्लीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। राजस्थान रोयल्सले दिएको १९४ रनको विजयी लक्ष्य पछाएको दिल्लीले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १९७ रनसहित लक्ष्य पूरा गर्‍यो।

राजस्थान रोयल्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले प्लेअफ खेल्ने सम्भावना कायमै राखेको छ। दिल्लीको लिग चरणको अन्तिम खेल बाँकी छ।

सोमबार आइपीएलमा एक खेल रहेको छ। जसमा चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । अंकतालिकामा सनराइजर्स हैदराबाद १४ अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने चेन्नई सुपर किङ्स १२ अङ्कसहित पाँचौं स्थानमा रहेको छ।