५ साउन २०८३, मङ्लबार
21 July 2026, Tuesday

सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट: करको सीमा १० लाख पुग्यो, कर्मचारीको तलब बढ्यो

सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट: करको सीमा १० लाख पुग्यो, कर्मचारीको तलब बढ्यो

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा यो नयाँ बजेट प्रस्तुत गरेका हुन्।

कुल बजेटमध्ये चालूतर्फ १२ खर्ब ७० अर्ब र विकास निर्माणतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ। सरकारले आगामी वर्ष १४ खर्ब ५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। साथै, ७ प्रतिशत आर्थिक वृद्धि गर्ने र महँगी ६ प्रतिशतभन्दा तल राख्ने योजना छ।

अर्थमन्त्रीले करदातालाई राहत दिँदै व्यक्तिगत आयकरको सीमा बढाएर १० लाख पुर्‍याएका छन्। सरकारी कर्मचारीको तलब पनि २१ प्रतिशतले बढाइएको छ। सरकारी खर्च घटाउन ३१ वटा कार्यालय खारेज गर्ने र ६ वटालाई गाभ्ने उनले बताए।

कृषि, पर्यटन र ऊर्जा क्षेत्रलाई पनि बजेटमा विशेष प्राथमिकता दिइएको छ। कृषि र पशुपालनमा लगानी गर्ने किसानले ४० प्रतिशतसम्म अनुदान पाउनेछन्। सामान बाहिर बेचेर हुने कमाइमा ५० प्रतिशत कर छुट दिइनेछ। एक वर्षभित्र थप १०४० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने र विद्युत प्राधिकरणलाई तीनवटा छुट्टै कम्पनीमा बाँड्ने योजना छ।

पर्यटन बढाउन वि.सं. २०८५ लाई ‘नेपाल भ्रमण वर्ष’ र २०८७ लाई ‘नेपाल स्वास्थ्य वर्ष’ मनाउने घोषणा गरिएको छ। प्रविधिको विकासका लागि देशमै पहिलो पटक कृत्रिम बौद्धिकता (एआई) केन्द्र खोल्ने योजना बजेटमा छ। त्रिभुवन विमानस्थल सुधारका लागि १ अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ।

budget-speech-2083_nz9wmgt-1780057747.pdf