रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै
- १८ जेष्ठ २०८३
- १ मिनेटको पढाई
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज दिउँसो भारत भ्रमणमा जाँदै छन्। भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रास्वपा सभापति लामिछाने आज भारत जाने तय भएको प्रवक्ता मनीष झाले जानकारी दिए।
उनका अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा भाजपाका शीर्ष नेतासहित उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन्।
५ दिने भ्रमण टोलीमा लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री एवम् सांसद् विपिन आचार्य, सचिवालय सदस्य एवम् सांसद् दीपक बोहोरा र प्रदीप आचार्य छन्।
उनीहरुले भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। लामिछानेले अयोध्या भ्रमण गर्न पनि कार्यतालिका बनेको छ।