२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि आज भारतको नयाँ दिल्ली प्रस्थान गरे। उनी भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा त्यसतर्फ गएका हुन्।

नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले रास्वपाको सरकार बनेपछिको यो पहिलो उच्च स्तरीय भ्रमण भएको बताए। उनले यस भ्रमणका क्रममा देशको प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर छलफल हुने जानकारी दिए।