२८ जेष्ठ २०८३, बिहिबार
11 June 2026, Thursday

संसद्को संकट समाधानका लागि प्रधानमन्त्री गम्भीर हुनुपर्छ: रामबहादुर थापा

संसद्को संकट समाधानका लागि प्रधानमन्त्री गम्भीर हुनुपर्छ: रामबहादुर थापा

काठमाडौं- नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले संसद्मा देखिएको संकट समाधानका लागि प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिएका कारण सदन अवरोध भएको आरोप लगाए।

नेता थापाले प्रधानमन्त्रीले बोलेका विवादास्पद कुराहरू संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरे। नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्तापक्ष र प्रतिपक्ष दुवैले राम्रोसँग मनन् गर्नुपर्नेमा उनले जोड दिए। परराष्ट्रमन्त्रीले संसद्मा दिएको जवाफबाट आफूहरू सन्तुष्ट नभएको भन्दै उनले राष्ट्रियता रक्षाको सङ्घर्ष भिन्न तरिकाले जारी राख्ने चेतावनी दिए।

सत्तापक्षले आफ्ना नेतालाई अभिव्यक्ति सच्याउन निर्देशन दिनुपर्ने थापाको भनाइ छ। सभामुखले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाएमा मात्रै अहिलेको सदनको अवरोध अन्त्य हुने उनले स्पष्ट पारे।