१ असार २०८३, सोमवार
15 June 2026, Monday

विश्वकप २०२६: टर्कीलाई २-० ले पन्छाउँदै अस्ट्रेलियाको विजयी सुरुवात

विश्वकप २०२६: टर्कीलाई २-० ले पन्छाउँदै अस्ट्रेलियाको विजयी सुरुवात

न्युयोर्क- सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले टर्कीलाई २-० गोलले हराएको छ। आइतबार मेलबर्नस्थित एएएमआई पार्कमा भएको खेलमा नेस्टोरी इरानकुन्डा र कोनोर मेटकाफले उत्कृष्ट गोल गर्दै अस्ट्रेलियालाई जित दिलाए। यो खेलको प्रत्यक्ष प्रसारण हेर्न रंगशालामा समर्थकको ठूलो घुइँचो लागेको थियो।

सन् २००२ पछि पहिलो पटक विश्वकपमा फर्किएको टर्कीले खेल अवधिभर गोलका लागि ३० पटक प्रहार गर्‍यो। तर, अस्ट्रेलियाको बलियो रक्षापंक्तिका कारण टर्कीले खाता खोल्न सकेन। यता, अस्ट्रेलियाले भने जम्मा ९ पटक मात्र प्रहार गरेर पनि प्राप्त अवसरको सही सदुपयोग गर्‍यो।

खेल हेर्न उपस्थित करिब ५० हजार दर्शक निकै उत्साहित थिए। एक अस्ट्रेलियाली समर्थकले भने, “यो साँच्चै अद्भुत छ। घरमा बसेर भन्दा रंगशालामा सामूहिक रूपमा खेल हेर्नु कयौँ गुणा राम्रो हो।” उनले खेल बराबरीमा टुंगिने वा टर्कीले जित्ने अनुमान गरेका थिए। टर्कीको तीव्र आक्रमण र दबाबका बाबजुद आफ्ना खेलाडीले खेललाई राम्ररी सम्हालेर अवसरको सदुपयोग गरेको उनले बताए। अन्त्यमा ती समर्थकले “अघि बढ सकरुज” भन्दै खुसी व्यक्त गरे।