‘जेन-जी’ आन्दोलनको भाव नबिर्सन रास्वपालाई सिके राउतको सुझाव
- ०७ असार २०८३
- १ मिनेटको पढाई
काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘जेन-जी’ आन्दोलनको मर्म र भाव नबिर्सन सुझाव दिएका छन्। चितवनको भरतपुरमा आयोजित रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष राउतले रास्वपा जुन आन्दोलन र जनआस्थाबाट उदाएको हो, त्यसबाट प्राप्त विश्वास कहिल्यै नभुल्न आग्रह गरे। आफू यही कुरा सम्झाउन महाधिवेशनमा सहभागी हुन आएको उनले स्पष्ट पारे।
आफ्नो पार्टीको देश बनाउने सपना पनि रास्वपामार्फत नै पूरा होस् भन्ने आफूले चाहेको उनले जिकिर गरे। पार्टी फरक भए पनि रास्वपाले ‘जेन-जी’ आन्दोलनका शहीदका सपना र जनताको विश्वासलाई सधैं सम्मान गर्नेमा उनले विश्वास व्यक्त गरे।