८ असार २०८३, सोमवार
22 June 2026, Monday

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सुर्खेत- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणको कसुरमा उनलाई आज साँझ ६ बजे सुर्खेतबाट पक्राउ गरिएको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ मा रहेको शुभ होटलको सभाहलबाट उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलले जानकारी दिए। एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनःगठनसम्बन्धी कार्यक्रमका लागि उनी सुर्खेत पुगेका थिए।

पक्राउ परेका पौडेललाई आजै काठमाडौँ पठाउनका लागि प्रहरीले गाडीमार्फत नेपालगञ्ज पठाएको छ। ललितपुरको सैबु आवास क्षेत्रमा बस्दै आएका उनलाई पक्रेका लागि प्रहरी उपरीक्षककै नेतृत्वमा १० जनाको विशेष टोली खटिएको थियो।