१२ असार २०८३, शुक्रबार
26 June 2026, Friday

फिफाद्वारा नेपालमाथि प्रतिबन्ध

फिफाद्वारा नेपालमाथि प्रतिबन्ध

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार नेपालमाथि प्रतिबन्ध लगाएको छ। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले यस्तो कडा कदम चालेको हो। नेपाली फुटबलको इतिहासमा फिफाले प्रतिबन्ध लगाएको यो पहिलो घटना हो। यस निर्णयसँगै नेपाली फुटबल क्षेत्र ठूलो अन्योलमा परेको छ।

यसअघि राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गरेको थियो। परिषद्ले एन्फाको चुनावलाई मान्यता नदिएपछि उक्त चुनाव रोकिएको थियो। अहिले परिषद्ले निलम्बन फुकुवा गरे पनि पंकज नेम्वाङ नेतृत्वको कार्यसमितिको म्याद भने सकिसकेको छ। यिनै आन्तरिक विवाद र बाहिरी हस्तक्षेपलाई कारण देखाउँदै फिफाले आफ्नो वेबसाइटमार्फत नेपाललाई प्रतिबन्धित गरेको जनाएको हो।