१३ असार २०८३, शनिबार
27 June 2026, Saturday

रास्वपाको महाधिवेशन सकियोः रवि सभापति, गुटबन्दी अन्त्य गर्ने घोषणा

रास्वपाको महाधिवेशन सकियोः रवि सभापति, गुटबन्दी अन्त्य गर्ने घोषणा

काठमाडौं- चितवनको भरतपुरमा चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सकिएको छ।

महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भए। त्यस्तै, दोस्रो चरणको चुनावमा डा. तोसिमा कार्कीलाई हराउँदै सोविता गौतम महिला उपसभापति बनिन्। महामन्त्री पदमा विपिन आचार्य निर्वाचित भए भने सहमहामन्त्री खुलातर्फ हरि ढकाल र असिम शाह तथा महिलातर्फ निशा डाँगी चुनिए।

पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। पार्टीको विधानअनुसार अब सभापति लामिछानेले थप ५१ जना केन्द्रीय सदस्य र १२ जना पदाधिकारी मनोनीत गर्नेछन्।

महाधिवेशनका क्रममा पार्टीभित्र गुटबन्दी देखिएको कुरा सभापति रविले पनि स्वीकार गरे। शपथ ग्रहणपछि बोल्दै उनले पार्टीभित्रका गुट उपगुट जरैदेखि उखेलेर फ्याँक्ने र अब पार्टीलाई अझ परिपक्व र एकताबद्ध बनाएर अघि बढाउने बताए।