२५ असार २०८३, बिहिबार
9 July 2026, Thursday

मेस्सी र एम्बाप्पेबीच विश्वकपमा सर्वाधिक गोल गर्ने होडबाजी

मेस्सी र एम्बाप्पेबीच विश्वकपमा सर्वाधिक गोल गर्ने होडबाजी

न्युयोर्क- विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्न अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका किलियन एम्बाप्पेबीच कडा टक्कर चलिरहेको छ। १२ वर्षपछि तोडिएको यो कीर्तिमान जुनसुकै बेला फेरि तोडिन सक्ने सम्भावना छ।

३९ वर्षीय मेस्सीले आफ्नो छैटौँ तथा अन्तिम विश्वकपमा ८ गोल गर्दै विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्। उनले सन् २०१४ मा मिरोस्लाभ क्लोजले बनाएको १६ गोलको पुरानो कीर्तिमान तोडेका हुन्। अर्कोतर्फ, २७ वर्षीय एम्बाप्पे १९ गोलसहित मेस्सीको निकै नजिक छन्। यो एम्बाप्पेको तेस्रो विश्वकप हो।

यो कीर्तिमान कसको नाममा रहन्छ भन्ने कुरा उनीहरूको देश प्रतियोगितामा कति अगाडि पुग्छ भन्नेमा भर पर्छ। फ्रान्स र अर्जेन्टिना दुवैलाई यस पटकको विश्वकप जित्ने मुख्य दाबेदार मानिएको छ। यसै प्रतियोगितामा एम्बाप्पेले ओलिभर जिरुडको ५८ गोलको कीर्तिमान तोड्दै फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको इतिहास पनि रचेका छन्।

आफ्नो विश्वकप यात्रामा मेस्सीले ३१ खेल खेल्दा हरेक ३ खेलमा औसत २ गोल गरेका छन्। यता १८ खेल खेलेका एम्बाप्पेले औसतमा हरेक खेलमा १ गोल गरेका छन्। विश्वकपको फाइनल खेलहरूमा मात्रै एम्बाप्पेले सबैभन्दा धेरै ४ गोल गरेका छन्। हालै उत्कृष्ट खेलाडी को हो भनेर सोधिएको प्रश्नमा एम्बाप्पेले विना हिचकिचाहट मेस्सीको नाम लिए।