देशभर मनसुन सक्रिय: धेरै ठाउँमा पानी पर्दै, केही स्थानमा भारी वर्षाको सम्भावना
- ३० असार २०८३
- १ मिनेटको पढाई
काठमाडौं- अहिले देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको रेखा तराई नजिकै रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ। लुम्बिनी र कर्णालीका केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो धेरैजसो ठाउँमा बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्नेछ। यी प्रदेश र लुम्बिनीका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ। हिमाली भेगमा भने हिउँ पर्ने अनुमान छ।
आज राति पनि देशभर बादल लाग्ने र धेरै ठाउँमा पानी पर्नेछ। विशेषगरी राति कोशी प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ।
वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ। यसले सडक यातायात, हवाई उडान, कृषि र दैनिक जनजीवनमा असर पर्न सक्ने मौसम विभागले जनाएको छ।