सरकारी सेवाबाट अवकाश पाएका कर्मचारीलाई आजबाट करारमा नराख्ने, अन्यको हकमा के छ व्यवस्था ?
- ०१ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- सरकारले स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कटौती हुने दरबन्दीमा कार्यरत करार कर्मचारीको व्यवस्थापन गर्ने निर्णय गरेको हो।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गर्दै यसअघि सरकारी सेवाबाट अवकाश लिई उपदान वा निवृत्तिभरण प्राप्त गरिरहेका करार कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नदिई बिदाइ गरिने जनाएको छ।
हाल करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायमै करार सम्झौता गरी ‘पूल’ मा राखिने मन्त्रालयले जनाएको छ। 