२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

२४ घण्टामा ६६ विपद्का घटना: दुई जनाको मृत्यु, ५२ जिल्ला प्रभावित

२४ घण्टामा ६६ विपद्का घटना: दुई जनाको मृत्यु, ५२ जिल्ला प्रभावित

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर विपद्का ६६ वटा घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्म भएका यी घटनाबाट ५२ जिल्ला प्रभावित भएका हुन्।

विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा पहिरोका १७, अविरल वर्षाका १०, सर्पदंशका आठ, आगलागीका सात र बाढीका छ वटा घटना भएका छन्। त्यस्तै भूकम्पका दुई तथा चट्याङ र जनावर आक्रमणका एक–एक वटा घटना दर्ता भएका छन्।

यी विपद्का कारण १० लाख ७४ हजार ५०० रुपैयाँ बराबरको भौतिक क्षति भएको छ भने सात स्थानमा सडक अवरुद्ध भएको छ। वर्षाको मौसममा बाढी र पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन र मौसमसम्बन्धी जानकारी लिएर मात्रै हिँड्न प्राधिकरणले आग्रह गरेको छ।