सिन्धुलीमा खेर गएका जराबाट बनेका ३०० कलाकृतिको सङ्ग्रहालय
- ०६ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- सिन्धुलीको कमलामाई नगरपालिका-४ का कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै घरमा ‘जराबुट्टा कला सङ्ग्रहालय’ स्थापना गरेका छन्। उक्त सङ्ग्रहालयमा रुखका जराबाट बनाइएका करिब ३०० वटा कलाकृति राखिएका छन्।
खोला र बगरमा त्यसै खेर गइरहेका रुखका जराहरू सङ्कलन गरेर उनले यस्तो कलात्मक रूप दिएका हुन्। यी कलाकृतिले देशप्रेम, मातृत्व, प्रकृतिप्रतिको माया र सामाजिक सद्भावको सन्देश दिने उनले बताए।